नियम २३
आन्तरिक लेखापरीक्षण समिति
(१) कोषमा देहायको एक आन्तरिक लेखापरीक्षण समिति रहनेछ:-

(क) समितिले तोकेको सञ्चालक -संयोजक

(ख) समितिले तोकेको सम्बन्धित क्षेत्रको

विज्ञ एक जना -सदस्य (ग) कोषको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख - सदस्य-सचिव

(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्यको पदावधि दुई वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजलाई- पुनः एक कार्यकालको लागि नियुक्त गर्न सकिनेछ ।

(३) उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्य तोक्दा _ कोषको कुनै सञ्चालक, कार्यकारी निर्देशक वा आन्तरिक लेखापरीक्षण विभागको प्रमुखको नजिकको नातेदार बा कोषको कारोबार एवं स्वार्थ रहेको व्यक्तिलाई तोक्नु हुँदैन । (४) आन्तरिक लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) कोषको लेखा र बित्तीय बिवरणको पुनरावलोकन गर्ने र त्यस्ता: विवरणमा उल्लिखित सत्यता यकिन गर्ने,

(ख) कोषको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन -प्रणालीको पुनरावलोकन गर्ने,

(ग) कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यको सुपरीवेक्षण गर्ने,

(घ) आन्तरिक लेखापरीक्षण गर्दा पालना गर्नुपर्ने भनी निर्धारण गरिएका आचरण, मापदण्ड र निर्देशिका पालना भए बा नभएको रेखदेख तथा पुनरावलोकन गर्ने,

(ङ) _ कोषको लेखा नीति सिफारिस गर्ने एवं त्यस्तो लेखा नीतिमा पुनरावलोकन गर्नुपर्ने भए सञ्चालक समिति समक्ष सिफारिस गर्ने,

(चे). कोषको बेरुजुको अवस्थाको समीक्षा एवं सूल्याङ्कन गर्ने,

(छ) कोषको लेखा, बित्तीय व्यवस्था तथा आन्तरिक लेखापरीक्षणको सम्बन्धमा सञ्चालक समितिले तोकिदिएको अन्य कार्य गर्ने।